Fri. Sep 20th, 2024

सप्तरीकाे संक्रमित बसोबास क्षेत्रका १८० को आरडीटी जाँच , एकको पोजेटिभ

राजविराज, २०७७ बैशाक ८ गते सोमबार

कोरोना संक्रमितको यात्रा बृतान्तको आधारमा सप्तरीमा सील गरिएको टोलमा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको छ । सो परीक्षणमा एक बृद्ध बाहेक सबैको रिपोर्ट नेगेटिभ भएपछि नगरवासीमा कोरोनाको त्रासमा कमि आएको छ ।

जिल्लाको सप्तकोसी नगरपालिको तीन टोलका मस्जिद तथा आसपासका स्थानीयहरुको कोरोना संक्रमणको आशंकामा आरडीटी रिपोर्टमा सबैको नेगेटिभ भेटिएको छ । नगरपालिकाको वडा नम्बर १ मा ७५ जना, २ मा चार महिलासहित ६९ जना र वडा न ४ मा पाँच महिला सहित ३६ गरी १८० जनाको आरडीटी गरिएको स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिनु भएको छ । शनिबारदेखि सुरु गरिएको सो परीक्षण आइतबार सकिएको जानकारी दिदै उहाँले परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ रहेको बताउनु भएको छ ।

उदयपुरको भुल्के स्थित मुस्लिम जमातीका १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको यात्रा बृतान्त(ट्राभेङ्गि हिस्ट्री) को आधारमा सप्तकोसी नगरपालिका वडा न १, २ र ४ का मस्जिद लगायत त्यसवरिपरि सिलबन्दी गरी आरडीटी गरिएको हो । आरडीटीमा वडा नम्वर १ का एक ७१ वर्षिय एक पुरुषमा पोजेटिभ देखिएको बताइएको छ ।

उनीसहित पत्नी र छोरा समेतलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आइसोलेसनमा भर्ना गरेर आइतबार स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षणलकागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । उनीसहित २२ जनाको स्वाब परीक्षणको रिपोर्ट प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।

सप्तकोसी नगरपालिका वडा नम्वर १ फत्तेपुर, वार्ड नम्बर २ सिद्धिपुर र वार्ड नम्बर ४ बलरादह, खडक नगरपालिका ११ जाँजर बनौली, कञ्चनरुप नगरपालिका २ बरमझिया सिलबन्दी रहेको छ । यसबाहेक उदयपुर जिल्लासँग जोडिएका सीमा र सिलबन्दी गरिएको टोल नजिक जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका, सुरुङ्गा नगरपालिको कडबोना, महादेवा गाउँपालिका, र तिरहुत गाउँपालिकामा आरडीटी सुरु गरिएको बताइएको छ ।

गत शुक्रबार उदयपुर जिल्लाको भुल्के स्थित मस्जिदमा १२ जना र शनिबार एक जना गरी १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत फागुन ३-५ गते मुस्लिम समुदायको इज्तिेमा (इस्लामिक धार्मिक सम्मेलन) आयोजना गरिएको बोदेबरसाइन नगरपालिका ५ र खडक नगरपालिका ११ बनौली जाँजर वरिपरीवासीको आरडीटी र स्वाब संकलन कार्यको लागि नेपाली सेना आवश्यक तयारीमा जुटेको बताइएको छ । तयारी पूरा भएपछि त्यहाँ स्वाब संकलन केन्द्र स्थापन गरी सेनाले तुरुन्त कार्य सुरु गरिने बताइएको छ । बनौली जाँजर पनि गत ३ गतेदेखि नै सिलबन्दी गरिएको छ ।

उदयपुरका संक्रमितको सप्तरीको अन्य मस्जिदमा बसोबास भएको हुन सकिने अनुमान गरिएको र उनीहरुको थप यात्रा बृतान्तको अध्ययन भइरहेको बताइएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments