Mon. May 6th, 2024

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो   

  काठमाण्डू, २०८० चैत १६ गते शुक्रबार । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु २ हजार १ सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु १ लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु १ लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु १ लाख २७ हजार ३ सयमा कारोबार भएको तेजाबी सुन आज रु १ लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला रु १ हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु १ हजार पाँच सय २५ पुगेको छ ।

Facebook Comments