Sat. Jul 27th, 2024

तिहारको चौथो दिन आज गाई र गोरुको पूजा ।

काठमाडौं, २०७६ कात्तिक ११ गते सोमबार ।

हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारको चौथो दिन सोमबार गाई, गोरु र कृषकको पूजा गर्ने तथा मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधिका रुपमा लिइन्छ ।

गाई पूजाका दिन मीठा–मीठा परिकार खान दिए गाईबाट पाइने शुद्धता सधैँ पाइने धार्मिक विश्वास छ । नेपालका कतिपय क्षेत्र र समुदायमा कात्तिकको कृष्ण औँसीकै दिन गाईपूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिदिए वैतरणी तर्ने धार्मिक विश्वास रहेको छ । यो वर्ष गाई र गोरु पूजा एकै दिन परेको छ । सामान्यतया अघिल्लो दिन गाई पूजा र त्यसको भोलिपल्ट गोरुपूजा गर्ने गरिने भएपनि यो वर्ष सोमबारै गोरु तथा कृषकलाई समेत पूजा गरेर मनपर्ने परिकार खान दिइन्छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआइतबारा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ । रातोपाटी अनलाईनबाट ।

Facebook Comments