Sun. Apr 28th, 2024

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान   

काठमाण्डू, २०८० चैत १३ गते मंगलबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गर्नुभएको छ ।

चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ ।

उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ । रासस

Facebook Comments