Thu. May 2nd, 2024

अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका दुई जना सुरक्षा गार्ड पाँच दिन हिरासतमा

भिओके समाचार/ काठमाण्डू, २०८० चैत ७ गते बुधबार । अत्याधुनिक हतियार सहित पक्राउ परेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईका दुई जना सुरक्षा गार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । ती दुई जना सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका  थिए ।

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार एसएल आर २२बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरुमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।”

Facebook Comments