Sat. Apr 27th, 2024

आगलागीमा परी तीन बालबालिकाको मृत्यु   

टक्सार (भोजपुर), २०८० चैत ३ गते शनिबार । भोजपुरको हतुवागढी गाउँपालिका-७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।रासस

Facebook Comments