Mon. Dec 23rd, 2024

कोरोना संक्रमित १२ जना विराटनगरको कोरोना अस्पतालमा

काठमाडौं , २०७७ बैशाक ६ गते शनिबार

उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली  हुन् ।

संक्रमित १२ जनालाई विरानगरस्थित कोशी अञ्चल अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा। संगीता मिश्रले जानकारी दिनुभयो । संक्रमितसँगै रहेका अन्य चार जनालाई भने मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा रहेको मस्जिदबाट चारवटा एम्बुलेन्समा राखेर विराटनगर लगिएको थियो । अनलाईन खवरबाट

Facebook Comments