Mon. Apr 29th, 2024

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः अध्यक्ष लिङ्देन   

काठमाण्डू, २०८० फागुन ३० गते बुधबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताउनुभएको हो ।

“यसअघि छोटो समय सरकारको सहकार्यमा गएका थियौँ तर हामी बाहिरियौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “हामीलाई सरकार चलाउने अवसर पनि मिलेको छैन ।”

उहाँले वर्तमान सरकारलाई राम्रो काम गर्न शुभकामना पनि दिनुभयो । रासस

Facebook Comments