Mon. May 13th, 2024

चिनियाँ राष्ट्रिय जन कांग्रेसको १४ औं अधिवेसनको दोस्रो वार्षिक बैठक सम्पन्न

काठमाण्डू, २०८० फागुन २८ गते सोमबार । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन कांग्रेसको १४ औं अधिवेशनको दोस्रो वार्षिक बैठक सम्पन्न भएको छ । आज दिउसो चीनको राजधानी पैचिङस्थित जन बृहत् सभा भवनमा सो बैठक भव्य रुपमा सम्पन्न भएको हो ।

यही मार्च ५ तारिखदेखि सुरु भएको सो बैठकले सरकारको कार्य प्रतिवेदन र राष्ट्रिय जनकांग्रेस स्थायी समितिको कार्य प्रतिवेदनलाई अनुमोदन गरेको छ । साथै सो बैठकले राज्य परिषद्को नयाँ संशोधित जैविक कानून पारित गरेको छ । बैठक समापन समारोहमा सहभागी हुनुभएका चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले सार्वजनिकीकरणका लागि राष्ट्राध्यक्ष नम्बर २१ आदेशमा हस्ताक्षर गर्नुभएको चाईना मिडिया ग्रुपले जनाएको छ । सो समारोहमा चीनका प्रधानमन्त्री लि छ्याङ लगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन कांग्रेसको १४ औं अधिवेशनको दोस्रो वार्षिक बैठक सम्पन्न भएको छ । आज दिउसो चीनको राजधानी पैचिङस्थित जन बृहत् सभा भवनमा सो बैठक भव्य रुपमा सम्पन्न भएको हो ।

यही मार्च ५ तारिखदेखि सुरु भएको सो बैठकले सरकारको कार्य प्रतिवेदन र राष्ट्रिय जनकांग्रेस स्थायी समितिको कार्य प्रतिवेदनलाई अनुमोदन गरेको छ । साथै सो बैठकले राज्य परिषद्को नयाँ संशोधित जैविक कानून पारित गरेको छ । बैठक समापन समारोहमा सहभागी हुनुभएका चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले सार्वजनिकीकरणका लागि राष्ट्राध्यक्ष नम्बर २१ आदेशमा हस्ताक्षर गर्नुभएको चाईना मिडिया ग्रुपले जनाएको छ । सो समारोहमा चीनका प्रधानमन्त्री लि छ्याङ लगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments