Mon. May 6th, 2024

कर्णाली प्रदेश सरकार कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा   

कर्णाली, २०८० फागुन २२ गते मंगलबार । कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्तरुपमा राजीनामा बुझाउनुभएको हो ।

राजनीमा बुझाउनुअघि उहाँहरुले पत्रकार सम्मेलन गर्नुभएको थियो । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनःगठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताउनुभयो । “काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनु परेको छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा उहाँहरुले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गर्नुभयो । उहाँहरुले प्रदेश सरकारमा मन्त्रीका रुपमा १० महिना १५ दिन काम गर्नुभयो । रासस

Facebook Comments