Sat. May 4th, 2024

फेसबुक एकाउण्ट अवरुद्ध !

रमेश हतुवाली/काठमाण्डू, २०८० फागुन २२ गते मंगलबार । लगभग एक घण्टादेखि सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जर बन्द भएको छ । फेसबुकले सेसन एक्सपाइर्ड भन्ने म्यासेज पठाए लगत्तै देशका अधिकांश क्षेत्रमा फेसबुक बन्द भएको हो ।

काठमाण्डू, ललितपुर, भक्तपुर, विराटनगर, सुर्खेत, चितवन, भोजपुर लगायतका शहर र जिल्लाहरुमा फेसबुक अवरुद्ध भएको समाचार प्राप्त भएको छ । सामाजिक सञ्जालसँग सम्बन्धित विज्ञहरुले एकाउण्ट ह्याक भएको अनुमान गरे पनि सो बारे आधिकारिक जानकारी आएको छैन ।  फेसबुकको सर्भरमा समस्या आएको हुनसक्ने अनुमान  पनि केहीले गरेका छन् ।

कतिपयले भने हिजोदेखि मुलुकमा आएको अप्रत्यासित राजनीतिक उतारचढाका कारण शंकटकाल लागकेो हो कि भनि फोनवार्ता समेत गरेका छन् । यद्यपी यस विषयमा पनि कुनै जानकारी प्राप्त भएको छैन । फेसबुकसँग कुराकानीको भरपर्दो माध्यम बनेको म्यासेन्जरसमेत रोकिएपछि आम सर्वसाधारण माझ हैलाखैला मच्चिएको छ ।

फेसबुक बन्द भए पनि चिनियाँ सामाजिक सञ्जाल विचाट भने सञ्चालन भैरहेको छ ।

Facebook Comments