Mon. Apr 29th, 2024

पाकिस्तानको प्रधानमन्त्रीमा सरिफको पुनरागमन

इस्लामावाद, पाकिस्तान । पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुनुभएको छ ।

पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता सरिफलाई दोस्रो पटक प्रधानमन्त्री बन्न भारी मत मिलेको छ ।

साथै, जेलमा रहेका विपक्षी नेता इमरान खानका अनुयायीलाई सरकारमा पुग्न नदिन गठबन्धनलाई सफलता मिलेको छ ।

पाकिस्तानको नेशनल एसेम्बलीमा नवनिर्वाचित २०१ सांसदले सरिफको पक्षमा मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री खानप्रति वफादार सांसदहरूको उम्मेदवारका रूपमा प्रधानमन्त्रीको नेतृत्वको दावी गरेका ओमार अयूब खानले ९२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचनको परिणाम घोषणा गर्दै नेशनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भन्नुभयो, “शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।” एएफपी

Facebook Comments