Sun. Apr 28th, 2024

आज शेयर बजार घटेर बन्द

भिओके समाचार/काठमाण्डू, २०८० फागुन १७ गते बिहीबार । साताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । हिजो झीनो अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज २८.६८ अंक घटेर १९७२.०९ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बजार नकारात्मक भए पनि आज बोटलर्स नेपाल (बलाजु)को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १ हजार ९६४ रुपैयाँ १० पैसा बढेर २१ हजार ६०५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । जोशी हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको सो कम्पनीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, जोशी हाइड्रोपावरको कारोबार रकम १० करोड नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले घटेको छ । त्यसैगरी, होटल तथा पर्यटन, जलविद्युत् र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

Facebook Comments