Fri. May 3rd, 2024

वाफ च्याम्पियन्सिपमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाण्डू, २०८० फागुन १६ गते बुधबार । नेपाल वाफ वुमन्स (वाफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गयराति सम्पन्न खेलमा लेबनानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २-१ को पुनरागमन जित दर्ता गरेको हो ।

खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले साम्बाले  गोल गर्नुभएको हो । पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो ।

सावित्रा भण्डारीले नेपालका लागि ७६ औं मिनेटमा बराबरी गोल फर्काउनुभयो ।  खेलको इञ्जुरी समयमा प्रिति राईले डीबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो । नेपालले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ।

जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

Facebook Comments