Sun. Apr 28th, 2024

आज शेयर बजार स्थिर

भिओके समाचार/काठमाण्डू, २०८० फागुन १६ गते बुधबार । शेयर बजार आज स्थिर रहेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ ।

हिजो १ अर्ब ८६ करोडको शेयर खरिदबिक्री भएकोमा आज कारोबारमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै गरी, हिमालयन रि इन्स्योरेन्सको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने बोटलर्स नेपाल (तराई) को कारोबार रकम ७ करोड नाघेको छ ।

आज लगानीकर्ताहरू उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको कम्पनीहरूमा आकर्षित भएका छन् । नेप्से परिसूचक नकारात्मक भएर बन्द हुँदा पनि यी दुई उपसमूहका परिसूचक भने उच्च दरमा बढेको छ ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.९६ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.०५ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशतले घटेको छ ।

आज ४ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ६.२० प्रतिशतले घटेको छ ।

Facebook Comments