Sun. Jun 14th, 2026

इलाम २ मा आगामी वैशाख १५ गते उपचुनाव हुने

       

भिओके समाचार/काठमाण्डू, २०८० फागुन १३ गते आईतबार । नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेकाे इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव हुने भएको छ । निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी सो जानकारी गराएकाे हो ।

आयोगको आज बसेको बैठकले कोशी प्रदेशको इलाम-२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ (क) मा वैशाख १५ गते  निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिनुभयो ।

‘‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधि सभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा रिक्त प्रदेश सभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्ने गरी निर्वाचनको मिति तोकेको छ ।’’ निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार