Sun. May 5th, 2024

विराटनगरमा भव्य दीपावली सहित लक्ष्मीपूजा ।

mde

विराटनगर, २०७६ कात्तिक १० गते आईतबार ।

नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको तेश्रो दिन आज साँझ भव्य दीपावली गरी लक्ष्मीपूजा गरियो । आजको दिन मानिसहरु दिनभर ब्रत बसी साँझ दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा–आराधना गर्ने प्रचलन छ ।

आज घरका झ्याल–ढोकाका साथै गाग्री र कलशमा फूलका माला लगाई आँगन, पिँढी, दलान, कोठा–चोटा र छिंडी गाईको पवित्र गोबरले लिपेर सफा र चिल्लो पारिन्छ । चामलको पीठोद्वारा लक्ष्मीको पाईलाको प्रतीक चिह्न बनाएर आँगनदेखि भण्डार वा ढिकुटीसम्म पुर्याईन्छ र बेलुकी यिनै पाईलामा टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुँन्छिन भन्ने धार्मिक विश्वासका साथ देवी महालक्ष्मीको मूर्ति वा चित्र स्थापना गरि सुन, चाँदी, गरगहना, रुपैयाँ–पैसा आदिलाई उनकै प्रतीक मानेर पूजा गरिन्छ । लक्ष्मीपूजा सुरु भए लगत्तै घर घरका केटा–केटी, युवा–युवती आ–आफ्नो समूह बनाई हातमा लालटिन, टर्च लाईट बोकी जोर मादल भिरी, गुन्यू चोलो र दौरा सुरुवाल लगाएर देउसी, भैलो खेल्न हिड्ने प्रचलन रहेको छ ।

नेपाली समाजमा भगवानलाई जस्तै पशु पक्षिलाई पनि सम्मान र प्रेम गरिने हुँदा सन्देश वाहक पंक्षिको रुपमा काग, बफादार अनि रक्षकको रुपमा कुकुरको पूजा गरिंदै आएको छ भने सम्पन्नता र सहयोगिका रुपमा गाई र गोरुको पूजा गरिन्छ । त्यसै गरि तिहारको अन्तिम दिन परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाइको दीर्घायु, सुख तथा समृद्घिको कामना साथ भाइटीका लगाईन्छ । यसैवीच काठमाडौं, पोखरा, विरगञ्ज, नेपालगञ्ज लगायतका ठूला शहर तथा अधिकांश जिल्ला सदरमुकामका बजारहरुदेखि लिएर ग्रामिण क्षेत्रका बजारमा समेत तिहारकै लागि भनेर चीनबाट ठूलो मात्रामा भित्रियाईएका रंगि विरंगी नाना थरिका आकर्षक विजुली वत्तिको व्यापार यस पटक अझ बढेको छ । दिपावलीका लागि भनेर भित्रियाईने चीनमा उत्पादन भएका यस्ता वत्तिहरु सस्तो र आकर्षक भएकोले पनि नेपालीहरु यस तर्फ आकर्षित भएका हुन ।

dav

लक्ष्मी पूजा भव्य रुपमा सम्पन्न गर्न विराटनगरको मुख्य वजार, मधुमारा, तिनटोलीया, बरगाछी, पोखरिया, कंचनवारी, हाटखोला, सरौचिया, पुष्पलाल चौंक, दुधफारम लगायतका क्षेत्रमा विहान सवेरैदेखि केराका थम्वा, नाना थरीका विजुली वत्ति, सयपत्रि, मखमली, गोदावरी आदिले घर तथा आँगन श्रृगार गर्ने काममा मानिसहरु व्यस्त देखिन्थे । व्यापारी समुदायको बाक्लो बस्ति रहेको विराटनगरमा गरिने दिपावली नेपालमै उत्कृष्ट र भव्य मानिन्छ ।

burst

रोेडशेष चोकदेखि पुष्पलाल चोक सम्मको झण्डै ५ किलोमिटर क्षेत्रमा गरिने दिपावली हेर्न हजारौं स्थानियबासी सपरिवार साँझ घरमा दिपावली गरी ती स्थानहरुमा जाने गर्दछन् । केराका थम्वालाई सजाएर त्यसमै दर्जनौ दियो वालेर गरिने लक्ष्मी पूजाले स्वर्गको झल्को दिने मानिसहरु बताउछन् ।

mde

स्थानिय गुद्री बजारमा तीन दिन पहिलेदेखि नै माटोका दियो, स्याउ, सुन्तोला, मौसम, ओखर, नानाथरीका मिठाई, मसला आदि किन्नेहरुको घुईचो लागेको थियो । त्यत्तिमात्र नभएर तिहारमा पूर्वी पहाडका धनकुटा, तेह्थुम, सुनसरी तथा मोरंगको पहाडी क्षेत्र आदि स्थानबाट मखमली र सयपत्रीको फूल बेच्नेहरुले पनि मनग्य आम्दानी गरेका छन् ।

Facebook Comments