Sat. May 4th, 2024

केपी ओली कप फुटबल : चर्च ब्वाइज युनाइटेड पराजित     

युवासङ्घ नेपालद्वारा ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार आयोजित केपी ओली कप फुटबल प्रतियोगिता उद्घाटन खेलमा शुक्रबार केपी ओली एफसी टिम र चर्च ब्वाइज क्लब प्रतिस्पर्धा गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री / रासस

काठमाण्डू, २०८० फागुन ११ गते शुक्रबार । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब ‘केपी ओली एफसी’सँग पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो । केपी ओली एफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफनाले एक गोल गरे ।

खेलको ५८औँ मिनेटमा फोफनाले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६८औँ मिनेटमा गुरुङले आफ्नो पहिलो तथा खेलको ८०औँ मिनेटमा दोस्रो गोल गर्दै केपी ओली एफसीलाई ३–० गोलले जित दिलाएका थिए ।

नेकपा (एमाले) को भातृ सङ्गठन युवा सङ्घ नेपालको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

Facebook Comments