Mon. Apr 29th, 2024

पूर्वी युक्रेनमा मिसाइल आक्रमण हुँदा ६० रुसी सैनिक मारिए

किभ, २०८० फागुन १० गते बिहीबार ।  पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण हुँदा ६० जना रुसी सैनिक मारिएका छन् ।

रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका थिए ।  रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर जनरल ओलेग मोइसेवको पखाईमा रहेका सैनिकमाथि मिसाइल खसेको बताइएको छ ।

मिसाइल अमेरिकामा निर्मित हिमार्स लञ्चर सिस्टमबाट प्रहार गरिएको रुसी सैनिकले जनाएको छ । आफ्ना सैनिक मारिएको विवरण रुसले लुकाउने प्रयास गरिरहेको बीबीसीले जनाएको छ । आक्रमणबारे युक्रेनले केहि पनि प्रतिक्रिया दिएको छैन । बिबिसी

Facebook Comments