Sat. May 4th, 2024

वाफ च्याम्पियनसिपमा नेपालले आज इराकसँग खेल्दै

भिओके समाचार/काठमाण्डू,  २०८० फागुन १० गते बिहीबार । नेपाली महिला फुटबल टोलीले  आज  वेस्ट एसियन फुटबल महासंघ (वाफ) च्याम्पियनसिपमा  इराकसँग खेल्दैछ ।

पहिलो खेलमा सिरियालाई ४-१ गोलले हराएको नेपाली टोलीले आज इराकसँग खेल्न लागेको हो । खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा स्थानीय समय अनुसार साँझ ५ बजे हुनेछ । समूह बीमा रहेको नेपाली टोलीले पहिलो खेलमा सिरियालाई हराएर तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपाललाई जित दिलाउन आमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका थिए। इराक भने प्यालेस्टाइनसँग ३-० ले पराजित भएको छ । नेपाल आफ्नो लयलाई कायम राख्दै जित निकाल्न चाहन्छ ।

वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो । नेपालले  फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ । समूहका दुई शीर्ष टोलीले सेमीफाइनल खेल्नेछन् । समूह एमा जोर्डन, लेबनान, साउदी अरब र गुआम छन् ।

Facebook Comments