Wed. May 8th, 2024

एमाले केन्द्रीय कमिटी बैठक सुरु   

बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका-९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै छ ।

काठमाण्डू, २०८० फागुन ८ गते मंगलबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको जानकारी दिनुभयो

विभाग प्रमुख गौतमका अनुुसार बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन् । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments