Fri. May 17th, 2024

चिनियाँ राष्ट्राध्यक्ष सी र श्रीमती फङको शुभकामनाले अमेरिकी लिंकन माविका शिक्षक र विद्यार्थीहरू उत्साहित 

काठमाण्डू, २०८० फागुन २ गते बुधबार । राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लियुआनले केही समयअघि अमेरिकी लिंकन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई  चिनियाँ नयाँ वर्षसम्बन्धी शुभकामना कार्ड फर्काउनुभएको छ। उहाँहरूले चीन र अमेरिकाका जनता, विशेषगरी युवाहरूबीचको मित्रता बढाउनका लागि उनीहरूलाई चीनमा अध्ययन गर्नआउन स्वागत गर्नुभएको छ। स्थानीय समयअनुसार फेब्रुअरी १२ तारिख लिंकन माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले चाइना मिडिया ग्रुपमार्फत् राष्ट्राध्यक्ष सी र श्रीमती फङलाई धन्यवाद दिनुका साथै चीनको भ्रमणका लागि प्रतिक्षारत रहेको व्यक्त गरेका छन्।

लिंकन माध्यमिक विद्यालयका प्रमुख कार्ल होसेसका अनुसार, राष्ट्राध्यक्ष सी र श्रीमती फङको चिनियाँ नयाँ वर्षसम्बन्धी शुभकामना कार्ड पाएर शिक्षक तथा विद्यार्थीहरूलाई ज्यादै उत्साहित बनाएको छ। लिंकन माध्यमिक विद्यालयले चीन र अमेरिकाबीच साँस्कृतिक आदानप्रदानको पुल र लिंक बन्ने इच्छा राखेको छ।

गत वर्ष नोभेम्बर राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्कोमा आगामी ५ वर्षमा ५० हजार अमेरिकी युवालाई चीनमा अध्ययन गर्न बोलाउने घोषणा गर्नुभएको थियो। लिंकन माध्यामिक विद्यालय यो कार्यक्रममा भाग लिने अमेरिकी विद्यालयहरूमध्येको एक हो। पहिलो खेपका शिक्षक-विद्यार्थीहरू आगामी मार्चमा चीनका विभिन्न शहरको भ्रमण गर्नेछन्।

लिंकन माध्यामिक विद्यालयका शिक्षक-विद्यार्थीहरूले सीएमजीबाट बनाइएको अंग्रेजी भाषाको लोङ वर्ष वसन्त चाड गालाको अवलोकन पनि गरेका छन् ।

Facebook Comments