Sun. Apr 28th, 2024

युद्ध पत्रकार मनऋषि धितालका जनयुद्धकालीन ६ वटा पुस्तक लोकापर्ण

- जनयुद्धकालीन पुस्तक लोकापर्ण

रमेश हतुवाली/काठमाण्डू, २०८० फागुन १ गते मंगलबार । चर्चित युद्ध पत्रकार मनऋषि धितालका जनयुद्धकालीन ६ वटा पुस्तक लोकापर्ण गरिएको छ । काठमाण्डूस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जनयुद्धको २९ औं वार्षिकोत्सवको अवसर पारेर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक भव्य समारोहबीच आज ती पुस्तकहरु लोकापर्ण गर्नुभएको हो ।

सो समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताउनु भयो । प्रचण्डले दशवर्षे जनयुद्ध ऐतिहासिक दिन भएकाले त्यसको सम्बोधन हुनुपर्ने बताउनु भयो । अध्यक्ष प्रचण्डले पार्टीको आजै सुरु हुने प्रथम विधान अधिवेशनमा पनि गम्भिर रुपमा जनयुद्धको बारेमा चर्चा गर्ने बताउनु भयो ।

जनयद्धकालिन पुस्तकका लेखक तथा युद्ध पत्रकार मनऋषि धितालले जनयुद्धमा देखेका, भोगेका र सुनिएका सम्पूर्ण विषयहरुलाई आउने पुस्तामाझ जानकारी दिने उद्धेश्यले पुस्तक लेखेको बताउनु भयो । लेखक धितालले जनयुद्धका विभिन्न कालखण्डमा आफूले डायरी लेख्ने गरेको र अहिले त्यही डायरीलाई पुस्तकको रुपमा प्रकाशन गरेको पनि बताउनु भयो । लेखक धितालले पुस्तकका जनयुद्धको सुरुदेखि युद्ध विराम र पुन:जनयुद्धको विस्तारदेखि देशका विभिन्न भागमा भएका युद्धकालीन गतिविधीहरुलाई जस्ताको जस्तै पुस्तकमा उतारेको जानकारी दिनुभयो ।

आज लोकापर्ण गरिएका धितालका पुस्तकहरुमा बेनीयात्रा, गुफा प्रेसका चिठी, जेलयात्रा, पिलीयात्रा, आधारयात्रा, राजमार्गयात्रा र गण्डकयात्रा रहेका छन् ।

पुस्तक विमोचन समारोहमा नेकपा माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा प्रभाकर, दिनानाथ शर्मा, ओम शर्मा लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments