Mon. Apr 29th, 2024

सीएमजीको वसन्त चाड गालामार्फत विश्वले चिनियाँ नयाँ वर्ष मनायो

काठमाण्डू, २०८० माघ २७ गते शनिबार । फेब्रुअरी ९ तारिख बेलुकी ८ बजे सीएमजीको वसन्त चाड गाला २०२४ सबै दर्शकसमक्ष देखाइएको छ। गालाले सबैलाई चिनियाँ सांस्कृतिक महोत्सव प्रदान गरेको छ।

चीनमा नयाँ मिडियामार्फत यस वर्षको गाला हेर्ने मात्रा नयाँ रेकर्ड बनाएको छ। फेब्रुअरी ९ तारिख मध्यराति १२ बजेसम्म वसन्त चाड गालाको प्रत्यक्ष प्रसारण हेर्ने दर्शकको सङ्ख्या ६७ करोड ९० लाख पुगेको छ भने गत वर्षको तुलनामा १२.६९ प्रतिशत बढेको छ।

विदेशमा प्रचार मात्रा पनि नयाँ शिखर टेकेको छ। सीजीटीएनका अंग्रेजी भाषा, स्पेनिश भाषा, फ्रेन्च भाषा, अरबेली भाषा, रूसी भाषा च्यानल र ६८ किसिमका भाषाका वैदेशिक नयाँ मिडिया फ्लेटफोर्ममार्फत अमेरिका, बेलायत, फ्रान्स, इटली, रूस, जापान, ब्राजिल, अस्ट्रेलिया, भारत, संयुक्त अरब इमिरेट्स, सिङ्गापुर, दक्षिण अफ्रिकालगायत विश्वका २०० भन्दा बढी मुलुक र क्षेत्रका २१०० भन्दा बढी मिडियासँग मिलेर सीएमजीको वसन्त चाड गालाबारे प्रत्यक्ष प्रसारण र रिपोर्ट गरेका छन् जसको विश्वको कूल हेर्नेको सङ्ख्या ६४ करोड ९० लाख पुगेको हो। सीएमजी

 

Facebook Comments