Fri. May 3rd, 2024

टर्कीका राष्ट्रपतिद्वारा गाजामा इजरायली आक्रमण बिरूद्ध इस्लामिक देशहरूलाई एकताको लागि आह्वान   

इस्तानबुल, २०८० माघ २७ गते शुक्रबार । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले शुक्रबार गाजा पट्टीमा जारी इजरायली आक्रमणको प्रतिक्रियामा एकताबद्ध भएर काम गर्न इस्लामिक देशहरूलाई आह्वान गर्नु भएको छ।

इस्तानबुलमा आयोजित इस्लामिक सहयोग युवा मञ्चको पाँचौं महासभालाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । “हामी हाम्रो कूटनीतिक सम्पर्क जारी राखिरहेका छौं ताकि इस्लामिक देशहरूले गाजामा इजरायली क्रूरता विरुद्ध एकजुट हुन सकून्,” एर्डोगानले भन्नुभयो ।
इजरायलले गरेको मानवता विरुद्धको अपराध र युद्ध अपराधलाई अन्तरराष्ट्रिय क्षेत्रमा नजरअन्दाज नगर्ने कुरा सुनिश्चित गर्न कडा मेहनत गरिरहेको उहाँको धारणा छ।

यसै बीच उहाँले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र विश्वव्यापी रूपमा मान्यता प्राप्त प्यालेस्टाइन राज्यको स्थापनालाई समर्थन गर्ने टर्कीको प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । “हामी हाम्रो संघर्ष जारी राख्नेछौं जबसम्म एक स्वतन्त्र र क्षेत्रीय रूपमा एकीकृत प्यालेस्टाइन राज्यको स्थापना पूर्वी जेरुसेलमको राजधानीको रूपमा १९६७ सीमानामा हुँदैन,” एर्डोगानले भन्नुभयो ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक्कासी आक्रमण गरी १ हजार २०० जनाको हत्या गरेपछि इजरायलले हमास-शासित गाजा विरुद्ध ठूलो सैन्य आक्रमण गरिरहेको छ ।

त्यसयता इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिन्ह्वा)

Facebook Comments