Sat. Apr 27th, 2024

निरास

- उषा केसी

साहित्यकार उषा केसी

काठमाण्डू, २०८० माघ २५ गते बिहीबार ।

✍️ उषा केसी

अचेल भोक तिर्खा र
निन्द्रा हराएको छ
अचानक सपनाहरु
शीशा झै फुटेर यो मन
भित्र भित्र डराएको छ
समय र मौसमको
गर्जनले थिचेको छ
समस्याको पहाड
आँखा नजिकै आई
अचानक किचेको छ
त्यसैले अचेल आँखाको
पानी आँखामै जमेकोछ
त्यसैले म म हुनुमा
पछुतो लागेकोछ
खुशी र रहरहरु कुन
चराको नाम हो कल्पना
पनि गर्न सक्दिन्
खोइ कस्तो जिन्दगी
कर्तव्य र जिम्मेवारी पन्छाएर
अँध्यारोमा जिउनु परेको छ
एकान्तमा आफ्नै आँशु
पिउनु परेको छ
धीकार छ जिन्दगी ।।

Facebook Comments