Tue. Jun 9th, 2026

दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ११० बेपत्ता   

       

मनिला, २०८० माघ २५ गते बिहीबार । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने अन्य ११० जना बेपत्ता रहेको प्रान्तीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

डाभाओ डे ओरो प्रान्तीय सरकारले माको शहरको खानी स्थल नजिक मङ्गलबार राति गएको पहिरोमा ३१ जना गाउँले घाइते भएको बताएको छ ।

माको नगरपालिका प्रकोप रोकथाम एजेन्सी र वरपरका क्षेत्रहरूबाट उद्धारकर्ताहरू पहाडबाट तल झरेको माटो, चट्टान र रूखहरू मुनि दबिएर बेपत्ता भएका गाउँलेहरूको पार्न खोजी कार्यमा जुटेको बातइएको छ । बेपत्ता हुनेहरूमा खानीमा बोकेका दुईवटा बसका यात्रु र हिलोको बाटोमा रहेका कैयौँ घरमा रहेका मानिसहरु रहेका छन् ।

स्थानीय अधिकारीहरूले वर्षाका कारण आएको पहिरोका कारण कम्तीमा १ हजार १६६ परिवार विस्थापित भएको बताएका छन् । विस्थापित गाउँलेहरू अस्थायी रूपमा सरकारी केन्द्रहरूमा बसिरहेका छन्। सिन्ह्वा

Facebook Comments