Sun. Apr 28th, 2024

तीन जना कविलाई व्यथित काव्य सम्मान

काठमाण्डू, २०८० माघ २२ गते सोमबार । साहित्यिक पत्रकार सङ्घले समकालीन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गर्नुभयो ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले सम्मान पाउनुहुने कविहरुको परिचय गराउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले मन्तव्य राख्नुभएको थियो । रासस

Facebook Comments