Mon. Apr 29th, 2024

बंगलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Dev Khanal of Nepal bats during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाण्डू, २०८० माघ १७ गते बुधबार । आइसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेट प्रतियोगिताको सुपरसिक्स अन्तर्गत बङ्गलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा जारी खेलमा टस जितेर नेपाल ब्याटिङमा उत्रिएको हो । नेपालले समूह चरणमा अफागानिस्तानलाई पराजित गर्दैसुपर सिक्समा पुगेको हो ।

समूह चरणमा नेपाल न्यूजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । बंगलादेशले भने समूह चरणको खेलमा आयरल्याण्ड र अमेरिकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

यसअघि नेपाल र बंगलादेश विश्वकपमा दुई पटक आमने सामने भएका छन् । सन् २००२ मा भएको विश्वपकमा नेपालले बङ्गलादेशलाई २३ रनको पराजित गरेको थियो । त्यस्तै सन् २०१६ को विश्वकपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता छन् ।

Facebook Comments