Mon. Apr 29th, 2024

तीन दिनको लगातार वृद्धिपछि शेयर बजार घट्यो

काठमाण्डू, २०८० माघ १७ गते बुधबार । साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको शेयर बजार आज भने घटेको छ । आज शेयर बजार मापक नेप्से परिसूचक २१.६७ अंक घटेर २०९७.९३ विन्दुमा झरेको हो ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ । हिजो साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशतले वृद्धि भएको छ । मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.६७ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । मेन्छियाम हाइड्रोपावर, स्वाभिमान लघुवित्त, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य भने ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६३ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै गरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी गु्रप पावरको कारोबार रकम २४ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।

Facebook Comments