Sun. Jun 14th, 2026

सन् २०२३ मा चीनको अन्नपात उत्पादन मात्राद्वारा नयाँ रेकर्ड सिर्जना

       

काठमाण्डू, २०८० माघ ९ गते मंगलबार । चिनियाँ राज्य परिषदअन्तर्गत प्रेस कार्यालयले जनवरी २३ तारिख बिहान पत्रकार सम्मेलन आयोजना गरेर सन् २०२३ मा चिनियाँ कृषि तथा ग्रामीण क्षेत्रको अर्थतन्त्रबारे जानकारी दिएको छ।

सो जानकारी अनुसार, सन् २०२३ मा चीनको अन्नपात उत्पादन मात्रा ६ खर्ब ९५ अर्ब ४१ करोड किलो पुगेको छ। यो सन् २०२२ को तुलनामा ८ अर्ब ८८ करोड किलो बढेर नयाँ ऐतिहासिक रेकर्ड सिर्जना भएको छ। वृद्धि हुँदै चिनियाँ अन्नपातको उत्पादन मात्रा निरन्तर ९ वर्षमा ६ खर्ब ५० अर्ब किलोभन्दा बढी भएको हो। सीएमजी

Facebook Comments

सम्बन्धित समाचार