Fri. Apr 19th, 2024

कोरोनाबाट अमेरिकामा मृत्युहुनेहरुको संख्या १४ हजार ७ सय ७९ पुग्यो

- विश्वभरीमा यस भाइरसबाट १५ लाख १७ हजार ९ सय ६० जना संक्रमित, ८८ हजार ४ सय ५५ जनाको मृत्यु

काठमाडौं, २०७६ चैत २७ गते बिहीबार

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण अमेरिकामा मृत्युहुनेहरुको संख्या १४ हजार ७ सय ७९ पुगेको छ । वितेको २४ घण्टामा मात्र त्यहाँ १ हजार ९ सय ३१ जनाको मृत्यु भएको हो । विविसीका अनुसार अमेरिकामा हालसम्म ४ लाख ३४ हजार ६ सय ९८ जनामा संक्रमण देखिएको छ ।

अमेरिकाको सवै भन्दा सम्पन्न शहर न्यूयोर्कमा मात्रै कोरोना भाइरसको कारण ६ हजार २ सय ६८ जनाको मृत्यु भैसकेको छ । पछिल्लो जानकारी अनुसार सो शहरमा १ लाख ५१ हजार १ सय ७१ जना कोरोना संक्रमित रहेकाछन् ।

विश्वभरीमा यस भाइरसबाट १५ लाख १७ हजार ९ सय ६० जना संक्रमित भैसकेकाछन् भने ८८ हजार ४ सय ५५ जनाको मृत्यु भैसकेको छ । त्यसैगरी ३ लाख ३० हजार २ सय ६६ जना उपचारपछि निको भएकाछन् ।

कोरोना भाइरसको कारण विश्व शक्ति राष्ट अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली नराम्ररी प्रभावित भएकाछन् भने यस भाइरसको पहिलो सिकार बनेको चीन बल्ल उठ्न खोज्दैछ ।

Facebook Comments