Fri. May 10th, 2024

राष्ट्राध्यक्ष सीद्वारा चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड

पैचिङ, २०८० माघ २ गते मंगलबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासमा जोड दिनु भएको छ । मङ्गलबार यहाँ आयोजित कार्यक्रममा चिनियाँ विशेषतासहितको वित्तीय विकासको मार्गमा प्रतिबद्ध रहन र वित्तीय क्षेत्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्न उहाँले जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनुभएका सीले एक अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो । सिन्ह्वा

Facebook Comments