Sun. Jun 7th, 2026

इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु   

       

गाजा,२०८० पुस २८ गते शनिबार । इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ।

प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइकाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, “गाजा शहरको अल-दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ।”

मध्य गाजा शहरको अल-दराज छिमेकमा ठूलो भीडन्त भएको थियो । सिन्ह्वा

Facebook Comments