Sat. Apr 20th, 2024

११ हप्ता लामो लकडाउनपछि उहानमा पहिलो पटक रेल सञ्चालन

काठमाडौं, २०७६ चैत २६ गते बुधबार

कोरोना भाइरसको संक्रमण सरुवात भएको चीनको उहान शहरबाट ११ हप्ता लामो लकडाउनपछि पहिलो पटक रेल सेवा सञ्चालन भएको छ ।

गत वर्षको डिसेम्बरमा देखा परेको कोरोना भाइरसको कारण चीनले अत्यन्त ठूलो क्षति व्यहोरेको छ । तर चीनले कोरोना भाइरसको नियन्त्रणको लागि चालेका अत्यन्त महत्वपूर्ण एवम् सुझबुझपूर्ण कार्यले कम क्षतिमै चीन कोरोना भाइरसलाई पराजित गर्न सफ भएको छ भने जनजीवन सामान्य बन्दैछ । तथापी चीनमा ६२ वटा कोरोना भाइरस संक्रमणका मुद्दा देखिएका छन् । एक दिन पहिले मात्र त्यहाँ ३२ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

विभिन्न समाचार एजेन्सीहरुले रेल्वेसेवा सुरु भएपछि उहानका जनाता कुनै पनि शहर र क्षेत्रमा जान सक्ने भएका छन् ।

Facebook Comments