Mon. May 6th, 2024

चीन भ्रमण गर्ने विदेशीका लागि थप सुविधा, राष्ट्रिय अध्यागमन प्रशासनद्वारा ५ वटा नयाँ कदमहरूको कार्यान्वयन

काठमाण्डू, २०८० पुस २६ गते बिहीबार । चीन सरकारले विभिन्न प्रयोजनका लागि चीन भ्रमण गर्ने विदेशीहरुलाई थप सुविधा उपलब्ध गराउने बताएको छ ।

चीनको राज्य परिषद सूचना कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा यस विषयमा जानकारी र सूचना प्रकाशित गरिए अनुसार, उच्च गुणस्तरीय खुलापन र गुणस्तरीय विकासकालागि आज जनवरी ११ तारिखदेखि चीनको राष्ट्रिय अध्यागमन प्रशासनले चीनको भ्रमण गर्ने विदेशीहरूका लागि ५ वटा नयाँ कदमहरूलाई कार्यान्वयन गरेको छ जसले व्यापार, अध्ययन र पर्यटनका लागि चीन भ्रमण गर्ने विदेशीहरूलाई थप सुविधा दिने विश्वास गरिएको छ ।

चीन सरकारले उपलब्ध गराउने उक्त ५ वटा नयाँ कदमहरू यस प्रकारका रहेका छन् :

 १. चीन आउने विदेशीकालागि पोर्ट भिसा आवेदनको अवस्थालाई खुकुलो बनाइने छ।

२. पैचिङ क्यापिटल एयरपोर्टलगायत विभिन्न एयरपोर्टहरूमा विदेशीहरूलाई २४ घण्टामा सीधा ट्रान्जिटका लागि निरीक्षण प्रक्रिया चाहिने छैन।

३. चीनमा बसिरहेका विदेशीहरूले भिसा समयावधि विस्तार तथा नविकरणकालागि आवेदन दिन सक्ने छन्।

४. चीनमा बसिरहेका विदेशीहरूले पटक पटक देश प्रवेश र बहिर्गमन गर्नुपरेमा पुनःप्रवेशाज्ञाका लागि आवेदन दिन सक्ने छन्।

५. चीनमा बसिरहेका विदेशीहरूको भिसा आवेदन तथा भिसा लागु गर्ने सामग्रीहरूलाई सरलीकरण गरिने छ। सीएमजी

Facebook Comments