Mon. May 6th, 2024

भुटानमा पूर्वप्रधानमन्त्री छिरिङको पार्टी विजयी

काठमाण्डू, २०८० पुस २५ गते बुधबार । टानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) विजयी भएको छ ।

हिजो भएको चुनावमा पीडीपीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । जितसँगै ५८ वर्षीय तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने हुनुभएको स्थानीय दि भुटानी पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।  आर्थिक सङ्कटकाबीच भएको चुनावमा भुटानका पूर्वप्रधानमन्त्री तोब्गेको पार्टी पीडीपीले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा ३० सिट जितेको र प्रतिद्वन्द्वी भुटान टेन्ड्रेल पार्टी (बीटीपी) ले बाँकी १७ सिटमा कब्जा जमाएको खबरमा उल्लेख छ । चुनावको आधिकारिक नतिजा भने आज आउने छ ।

दुवै दलले नागरिकको खुसी र कल्याणले आफ्नो सफलता मापन गर्ने सरकारको संवैधानिकरूपमा स्थापित दर्शनका लागि प्रतिबद्ध रहेको जनाएका छन् ।

भूटानमा नागरिकले युवा पुस्ताको सङ्घर्ष, दीर्घकालीन युवा बेरोजगारी र प्रतिभा पलायनको समस्या समाधान हुने अपेक्षा गरेर मतदान गरेको बताएका छन् ।

Facebook Comments