Tue. May 7th, 2024

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको दल विजयी

ढाका, २०८० पुस २३ गते सोमबार । बंगलादेशमा प्रधानमन्त्री एवं अवामी लिगकी अध्यक्ष शेख हसिना लतागार चौथो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले अत्याधिक बहुमत प्राप्त गरेको छ ।

हसिनाले हिजो भएको निर्वाचनमा गोपालगञ्ज-३ सिटमा भारी जित हासिल गर्नुभएको छ । उहाँको पार्टीले २२३ सिटमा जित हात पारेको छ ।  शेख हसिना बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने प्रधानमन्त्री हुनुहुनुहुन्छ । उहाँको पाँचौं कार्यकाल र लगातार चौथो जीत पनि हो । प्रधानमन्त्रीले २ लाख ४९ हजार ९६२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अतीकुर रहमानले ६ हजार ९९९ र अर्का उम्मेदवार महाबुर मोल्लाहले ४२५ मत प्राप्त गर्नुभयो ।

संसदमा प्रमुख प्रतिपक्षी दल जापा-इरशादले ११ सिट, बंगलादेश कल्याण पार्टीले एक सिटमा जित हासिल गरेको छ भने ६२ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय समाजतान्त्रिक दल र बंगलादेशको वर्कर्स पार्टीले डुङ्गा चिन्ह लिएर चुनाव लडेकाले एक-एक सिट जितेका छन् ।

निर्वाचनमा दर्ता भएका २८ राजनीतिक दल र स्वतन्त्रका एक हजार ९६० उम्मेदवारले भाग लिएका थिए । दुई शक्तिशाली महिला नेतृहरु अवामी लिगकी अध्यक्ष प्रधानमन्त्री शेख हसिना र विपक्षी दल बीएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाबीचको वैमनस्यताले बंगलादेशको राजनीति अस्थिर रहँदै

प्रमुख प्रतिपक्षी र अन्य केही साना दलको बहिष्कारका बीच बंगलादेशमा बंगलादेशमा ४० प्रतिशत मत खसेको थियो । बंगलादेशमा करिब १२ करोड मतदाता छन् । देशमा लोकतन्त्र कायम रहोस् भनेर आफुले सक्दो प्रयास गरिरहेको हसिनाले बताउनुभएको छ । एजेन्सी

Facebook Comments