Sun. Jun 14th, 2026

अमेरिका र जापानको राष्ट्रिय प्रतिरक्षात्मक बजेट दुवैले नयाँ ऐतिहासिक किर्तिमानको सिर्जना

       

काठमाण्डू, २०८० पुस १८ गते बुधबार । सन् २०२४ को आगमन सँगसँगै विश्व भौगोलिक भिडन्त र द्वन्द्वको तनावपूर्ण वातावरणमा प्रवेश भएको छ। यसै सिलसिलामा अमेरिका र जापान दुवै देशका नयाँ वर्षको सैनिक बजेटले नयाँ ऐतिहासिक किर्तिमान पनि सिर्जना गरेका छन्। यस सैनिक बजेटको अङ्कले तनावपूर्ण वातावरणलाई झन् चर्काएको देखिन्छ।

हालै चाइना मिडिया ग्रुपको सीजीटीएनले विश्वभर एउटा जनमत सर्वेक्षण गरेको छ। सर्वेक्षणमा संलग्न भएका ९३ प्रतिशतका व्यक्तिले त्यस अवस्थाप्रति निकै चिन्तित रहेको अनुभव व्यक्त गरेका छन्। अमेरिका र जापानको सैनिक बजेट जथाभावी रूपमा वृद्धि भएको प्रवृत्तिले क्षेत्रीय अनिश्चित तत्वहरूलाई बढाउनुका साथै पूर्वी एशिया अझ विशेष गरी पूरै विश्वमा नयाँ चरणको होडबाजी मच्चाउने सम्भावना रहेको उनीहरूले ठहर गरेका छन्।

उक्त जनमत सर्वेक्षणलाई सीजीटीएनका अङ्ग्रेजी, स्पेनिस, फ्रान्सेली, अरबेली र रूसी भाषाका चौतारोमा सार्वजनिक गरिएको छ। २४ घण्टाभित्र जम्मा ३३,९८४ जना इन्टरनेट-प्रयोगकर्ताले मतदान गरी आफ्नो धारणा राखेका थिए।

Facebook Comments

सम्बन्धित समाचार