Tue. May 14th, 2024

चीनको तथ्यांक अपारदर्शी भन्ने भनाइको विश्व स्वास्थ्य संगठनद्वारा खण्डन

काठमाडौं, २०७६ चैत २० गते बिहीबार

स्थानीय समय अनुसार अप्रिल एक तारिखका दिन विश्व स्वास्थ्य संगठनले जेनेभामा नयाँ कोरोना भाइरस सम्बन्धी नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। विदेशी संचार माध्यमले चीनको तथ्यांक अपारदर्शी भनेको बारे विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले खण्डन गरेका छन्।

विश्व स्वास्थ्य संगठनका आपतकालीन परियोजना प्रमुख माइकल जे र्यानले हालसम्म विश्व स्वास्थ्य संगठनले केही मुलुकहरुको नयाँ कोरोना भाइरस सम्बन्धित अनुसन्धान रिपोर्टहरु प्राप्त गरेको बताउँदै रिपोर्टहरुमा जर्मनी, सिंगापुर र अमेरिकाको एक एक तथा चीनका चार वटा रिपोर्ट रहेको बताउनुभयो। उहाँले सबैभन्दा तथ्यपरक डाटा पाउनका लागि विश्व स्वास्थ्य संगठनले सबै देशहरूसँग सहयोग गर्ने बताउनुभयो।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयसुसका अनुसार नयाँ कोरोना भाइरस नयाँ पत्ता लगाइएको भाइरस हो जुन मानवका लागि पहिले त अज्ञात थियो। विश्वको साझा सुरक्षा सबै मानिसको संयुक्त प्रयासबाट अविभाज्य रहेको पनि उहाँले बताउनुभयो। सीआरआई नेपाली सेवाबाट

Facebook Comments