Sat. Apr 27th, 2024

जीप दुर्घटनामा ६ जनाको मृत्यु

????????(??????? ???????????)?? ??????? ?????????-? ????? ?????? ?????????? ????? ??? ? ?????????? ??? ? ????? ?????? ???? ? ??? ?? ??? ?????? ????? ???? ??? ???????? ???????????? ????? / ????

मध्यविन्दु (नवलपरासी), २०८० कात्तिक २६ गते आईतबार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका-९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । रासस

Facebook Comments