Tue. May 14th, 2024

कोरोनाको भुङ्ग्रोमा अमेरिका

- १ लाख ८८ हजार ५ सय ९२ जनामा संक्रमण, ४ हजार ५६ जनाको ज्यान गयो

काठमाडौं, २०७६ चैत १९ गते बुधबार

विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिका यत्तिवेला कोरोना भाइरसको भुङ्ग्रोमा नराम्ररोसँग लपेटिएको छ ।

चीनको उहान शहरमा कोरोना भाइरसले आतंक मच्चाउदा त्यसलाई चीनको मात्र समस्या ठान्ने अमेरिका यत्तिवेला गएको जनवरीको मध्यतिर चिनिया जनताले खेप्नु परेको अकल्पनिय पीडा जस्तै पीडा भोगीरहेका छन् । यहाँ विचित्रको कुरो चाँही के छ भने कोरोनाबाट आफ्ना नागरिक मात्र नभएर विश्व भरीकै मानव जातिको रक्षा गर्न उहान शहरलाई लकडाउन गर्दा चीनमाथि मानव अधिकार हनन् गरेको आरोप लगाउँदै कुर्लने पश्चिमा सञ्चारमाध्यमहरु यत्तिवेला कुन दूलो भित्र पसेर रमिता हेर्दैछन् बुझ्न सकिएको छैन ।

अमेरिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै अनिश्चितकालीन संकटकाल घोषणा गरेको १८ दिन पुरा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको सो संकटकालको घोषणालाई भने पश्चिमा सञ्चार माध्यमहरुले जनताको जीवन रक्षाको लागि उचित कदम भन्दै समर्थन गरे । यहाँ विर्सन नहुने कुरो के छ भने चीनमा जनताको जीवन रक्षाको लागि लकडाउन गर्दा मानव अधिकारको दुहाई दिन पछि नपर्ने पश्चिमा सञ्चार माध्यमहरु अमेरिकी कदमलाई जसरी समर्थन गरिरहेका छन् त्यसले के प्रमाणित गरेको छ भने पश्चिमाहरु चीनको विकास र चिनिया जनताको लोभलाग्दो जीवन शैलीबाट आत्तिएका छन् । र उनीहरु चीन सरकारले चालेका हरेक कदमहरुलाई मानवअधिकारसँग लगेर जोड्नु आफ्नो धर्म सम्झन्छन् ।

चीनलाई समेत पछि पार्ने गरि अमेरिकामा बढिरहेका कोरोना संक्रमितहरुको उपचार र अमेरिकी जनताको जीवन रक्षाको लागि विना सोचविचार लकडाउन गर्नु पर्ने अवस्थाको बारेमा जानकारी हुँदा हुँदै पनि ट्रम्प प्रशासन चीनले गिज्याउला की भनेर लकडाउनबाट पछि हटेको छ जसले कोरोनाको महामारीलाई फैलाउन वल पुर्याएको छ । लकडाउनको कुरो त परै जाओस् राष्ट्रपति डोनाल्ड ट्रम्प ले भनेका छन् अमेरिकामा एकदेखि दुईलाखसम्म मानिस मरे भने पनि हाम्रो जीत भयो भन्ने सम्झनु पर्छ । यसको सोझो अर्थ कोरोनाको संक्रमण अमेरिकामा यसरी फैलिरहेको छ जसलाई रोक्न उसका नानाभाँती नाम गरिएका घातक मिसायल बनाउन सल्लाह दिने विज्ञहरुको तागतले नभ्याउने पक्का छ ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोना संक्रमितहरुको संख्या ८ लाख ६० हजार ९ सय ४२ जना पुगेको छ भने ४२ हजार ३ सय ६४ जनाको ज्यान गएको छ ।
वल्डमिटर अनलाईनका अनुसार अमेरिकामा १ लाख ८८ हजार ५ सय ९२ जनामा कोरोनाको संक्रमण रहेको छ भने हालसम्म ४ हजार ५६ जनाको ज्यान गएको छ । त्यसैगरी त्यहाँ उपचारपछि निको हुनेहरुको संख्या ७ हजार २ सय ५१ जना रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको प्रसिद्ध शहर न्यूयोर्क सबैभन्दा नराम्ररी प्रभावित भएको छ । सो शहरमा ७५ हजार ९ सय ८३ जनामा जनामा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ७ सय १४ जनाको ज्यान गएको छ । अमेरिकाको न्यू जर्सी, कालीफोर्निया, मिचिगान, फ्लोरिडा, मासाच्युटस्, वासिंङटन, इलिनोइस जस्ता राज्यहरु कोरोनाको जोखिमा परेकाछन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा आगामी दुई साता अमेरिकाका लागि अत्यन्तै पीडादायी हुने प्रतिक्रिया दिनुभयो । राष्ट्रपति ट्रम्पले अध्ययन र अनुसन्धान बमोजिम दुई साताको पीडापछि टनेलको अन्त्यमा प्रकाशरुपी आशा देखिने बताउनुभयो ।

उक्त पत्रकार सम्मेलनमा संक्रामक रोग र एलर्जि सम्बन्धी राष्ट्रिय प्रतिष्ठानका निर्देशक एन्थोनी फौसीले अमेरिका कोभिड-१९ बाट एक लाख मृत्युको सामना गर्न तयार हुनुपर्ने बताउनुभयो ।

Facebook Comments