Sat. Jan 11th, 2025

नेपालमा क्यानडाको आवासीय राजदूतावास खोल्न आग्रह गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ग्रेटर नेपालको पत्र

काठमाण्डू, २०८० असोज २१ गते आईतबार ।  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालमा क्यानडाको आवासीय राजदूतावास खोल्न आग्रह गर्दै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र पठाएको छ ।

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालको हस्ताक्षरमा पठाईएको सो पत्रमा सन् १९६५ जनवरी १८ मा नेपाल र क्यानडाबीच दौत्य सम्बन्ध स्थापना भएयता यी दुई देशबीच घनिष्ठ सम्बन्ध रहँदै आएको र २००९ अक्टोबर १ मा नेपालले क्यानडाको ओट्टावामा आवासीय राजदूतावास स्थापना गरेपछि यो सम्बन्ध थप प्रगाढ भएको विवरण समेत उल्लेख गरिएको छ । नेपालमा क्यानडाको आवासीय राजदूतावास खोलिएमा यो सम्बन्ध अझ कसिलो र बलियो बन्ने विश्वास समेत पत्रमा उल्लेख गरिएको छ ।

सो पत्रमा भनिएको छ, “नेपालीलाई क्यानडाको भिसा लिन इन्डियाको दिल्ली जानुपर्ने बाध्यता हरेक दृष्टिकोणबाट पीडादायक देखिन्छ । आर्थिक भार , भौगोलिक दूरी र व्यक्तिगत सुरक्षाका कोणबाट हेर्दा भिसा लिन दिल्ली पुग्नु धेरै झन्झटिलो, असुरक्षित र खर्चिलो छ । क्यानडाको आवासीय राजदूतावास काठमाडौंमा स्थापना गरिएमा कूटनीतिक हिसाबले मात्रै होइन, मानवीय दृष्टिले पनि निकै उपयोगी हुनेछ । यसले सार्वभौमसत्तासम्पन्न दुई मुलुक नेपाल र क्यानडाबीचको सम्बन्धलाई व्यावहारिक रूपमा पनि नयाँ उचाइमा पुर्‍याउनेछ र नेपालबाट क्यानडा जानचाहने मानिसहरूका साथै नेपालबाट घर फर्किने क्यानडाली नागरिकहरूसमेत धेरै लाभान्वित हुनेछन् । अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा महामहिम प्रधानमन्त्रीसमक्ष नेपालमा क्यानडाको आवासीय राजदूतावास खोल्ने व्यवस्था अविलम्ब गरिदिनहुन हार्दिक अनुरोध गर्दछ ।”

                                                                    २०८०-०६-२१
महामहिम प्रधानमन्त्री
जस्टिन ट्रुडो
क्यानडा ।

विषय : नेपालमा क्यानडाको आवासीय राजदूतावास अविलम्ब खोलियोस् भन्ने विषयमा

महामहिम ,

१९६५ जनवरी १८ मा नेपाल र क्यानडाबीच दौत्य सम्बन्ध स्थापना भएयता यी दुई देशबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । २००९ अक्टोबर १ मा नेपालले क्यानडाको ओट्टावामा आवासीय राजदूतावास स्थापना गरेपछि यो सम्बन्ध थप प्रगाढ भएको छ । क्यानडाको आवासीय राजदूतावास काठमाडौँमा खोलिएमा यो सम्बन्ध अझ कसिलो र बलियो बन्ने निश्चित छ ।

महामहिम,
नेपालीलाई क्यानडाको भिसा लिन इन्डियाको दिल्ली जानुपर्ने बाध्यता हरेक दृष्टिकोणबाट पीडादायक देखिन्छ । आर्थिक भार , भौगोलिक दूरी र व्यक्तिगत सुरक्षाका कोणबाट हेर्दा भिसा लिन दिल्ली पुग्नु धेरै झन्झटिलो, असुरक्षित र खर्चिलो छ । क्यानडाको आवासीय राजदूतावास काठमाडौंमा स्थापना गरिएमा कूटनीतिक हिसाबले मात्रै होइन, मानवीय दृष्टिले पनि निकै उपयोगी हुनेछ । यसले सार्वभौमसत्तासम्पन्न दुई मुलुक नेपाल र क्यानडाबीचको सम्बन्धलाई व्यावहारिक रूपमा पनि नयाँ उचाइमा पुर्‍याउनेछ र नेपालबाट क्यानडा जानचाहने मानिसहरूका साथै नेपालबाट घर फर्किने क्यानडाली नागरिकहरूसमेत धेरै लाभान्वित हुनेछन् । अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा महामहिम प्रधानमन्त्रीसमक्ष नेपालमा क्यानडाको आवासीय राजदूतावास खोल्ने व्यवस्था अविलम्ब गरिदिनहुन हार्दिक अनुरोध गर्दछ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ, नेपाल

बोधार्थ:
प्रधानमन्त्री, नेपाल

Facebook Comments