Sat. Jun 13th, 2026

अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२३ लाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन

       

काठमाण्डू, २०८० भदौ १६ गते शनिबार । आज सेप्टेम्बर २ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२३ अन्तर्गत विश्व व्यापार शिखर सम्मेलनलाई भिडियो सन्देश दिनुभएको छ।

सो सन्देशमा उहाँले यसरी भन्नुभयो, ‘चिनियाँ शैलीको आधुनिकीकरणका उपलब्धिलाई हामी बाँड्दै जाने छौं। आन्तरिक माग विस्तार गर्ने, बलियो घरेलु बजारको निर्माणलाई गतिशील पार्ने, उच्च गुणस्तरका सेवाहरूको आयात विस्तार गर्ने, ज्ञान-सघन सेवाको निर्यातलाई विस्तार गर्न प्रोत्साहन गर्ने, चीनको ठूलो बजार आधारित विश्वका लागि नयाँ विकास शक्ति प्रदान गर्ने, उच्च गुणस्तरको विकास आधारित विश्वलाई अधिक र राम्रो चिनियाँ सेवाहरू प्रदान गर्ने छौं।’

चाईना मिडिया ग्रुपका अनुसार सम्बोधनमा विश्व अर्थतन्त्रबारे चर्चा गर्दै उहाँले भन्नुभयो, ‘यो वर्ष चीनको सुधार र खुलापन लागू भएको ४५ औँ वार्षिकोत्सव हो र चीनले उच्चस्तरीय खुलापनलाई बढाउँदै उच्च गुणस्तरको विकासले चिनियाँ शैलीको आधुनिकीकरणलाई व्यापक रूपमा प्रवर्द्धन गरेर विश्वका विभिन्न देशहरूबीच खुलापन र सहयोगका लागि नयाँ अवसरहरू प्रदान गर्दै जाने छ। चीनले विभिन्न मुलुकसँगै मिलेर सेवा तथा खुलापनमार्फत् समावेशी विकासलाई बढाउँदै जाने छ। सेवारत सहयोगको माध्यमबाट सम्पर्क र मिलनलाई बढाउँदै जाने छ। सेवारत नवीनतामार्फत् विकासको शक्तिलाई बढाउँदै जानेछ र सेवारत साझेदारी गर्दै उज्ज्वल भविष्य सिर्जना गर्दै जाने छ। जसले गर्दा विश्व अर्थव्यवस्थालाई दिगो पुनरुत्थानको बाटोमा धकेल्न सक्ने आशा गरिएको छ।’

Facebook Comments