Mon. May 20th, 2024

प्रदेश २ काे मधेश प्रदेश नामाकरणको प्रस्ताव पनि फेल

जनकपुर, २०७६ चैत ४ गते मंगलबार

 प्रदेश नंं २ को नाउँ को विषयमा प्रदेशसभामा दर्ता भएको चारवटै प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेश नं.२ को प्रदेशसभा सचिवालयमा दर्ता भएका प्रस्तावहरु माथि मंगलबार मतदान हुँदा कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत प्राप्त नभएपछि प्रस्तावहरू अस्वीकृत भएको प्रदेशसभा सचिवालयका सचिब एवं मतदान अधिकृत रञ्जित यादवले जानकारी दिनुभयो ।

नेकपाले राखेको जानकी प्रदेशको प्रस्ताव को पक्षमा ३७ तथा विपक्षमा ७० वटामत मत परेको थियो भने नेपाली काँग्रेसले राखेको मिथिला भोजपुरा प्रदेशको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत परेको छ ।

त्यसै गरी नेपाली काँग्रेसका प्रदेशसभाका सदस्य राजेश्वरप्रसाद साहले राखेको मध्य मधेश प्रदेशको प्रस्तावको पक्षमा ४२ र विपक्षमा ६५ मत परेको थियो । त्यसै गरी सत्तारुढ  दल समाजवादी पार्टी र राजपा नेपालको मधेश प्रदेशको संयुक्त प्रस्तवको पक्षमा ६० र विपक्षमा ४६ मत र एक मत बदर भएको मतदान अधिकृत यादवले जानकारी दिनुभयो ।

नेकपाको प्रदेश नंं २ मा ३२ सदस्य मात्र रहेको समयमा ३७ वटा मत पर्नु र नेपाली काँग्रेसको १९ सदस्य रहेकोमा २८ मत पर्नु पार्टीका लागि प्लस नै भएको भन्दै यसलाई दुवै दलका नेताले सकारात्मक रुपमा लिएका छन ।

नाउँको विषयमा प्रदेश सभामा दर्ता भएको सवै प्रस्तावहरु अस्वीकृत भएपछि नेकपा तथा नेपाली काँग्रेसको प्रस्ताव जिवित रहने र पछि राजनीतिक सहमति हुने सम्भावना अझै जिवित रहेको ती पार्टीका प्रदेश सभाका सदस्यहरुले प्रतिक्रिया दिनु भएको छ ।

यता प्रदेश सरकारका नेतृत्व गरिरहेका समाजवादी तथा राजपाको मधेश प्रदेशको प्रस्तावको पक्षमा राम्रो जनमत तयार भएको र आउने दिनमा यस प्रस्तावमा सबैको सहमती हुने समाजवादी पार्टी प्रदेश सभाका सदस्य रामअषिश यादवले बताउनु भयो ।

प्रदेशको नाँउको विषयमा प्रदेश सभामा दत्र्ता भएको सवै प्रस्तावहरु अस्वीकृत भएकोले सहमती पछि पुनः अर्को पटक निर्वाचन हुने प्रदेश नं.२ का प्रदेश सभाका सभामुख सरोज यादवले जानकारी दिनु भयो ।

प्रदेशको नाँउको विषय टुंगो नलागेका कारण प्रदेशको राजधानीको विषयमा पनि टुंगो लाग्ला भन्ने भन्न नसकिने विभिन्न दलका प्रदेशसभाका सदस्यहरुले अनुमान गरेका छन । गोरखापत्र अनलाईनबाट

Facebook Comments