Wed. May 8th, 2024

चीनद्वारा कोरोना महामारी अब समाप्त भएको घोषणा

पैचिंग, २०७६ फागुण २९ गते बिहीबार

चीनले अब कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो ।
चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै समाचार तयार पारेको हो ।

चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् । साथै कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि पनि चीन नै बनेको छ भनि अन्नपूर्ण पोष्ट अनलाईनले समाचार संस्था सिन्ह्वालाई उद्धित गर्दै समाचार प्रकाशित गरेको छ ।

Facebook Comments