Thu. Apr 25th, 2024

रङहरु र तिनको अर्थ-सन्दर्भ फागु पूर्णिमा

काठमाडौं, २०७६ फागुण २६ गते सोमबार

रङले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रङ बढी प्रयोग हुन्छ। कुनै पनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्व र रङको प्रतीक बुझ्नु आवश्यक छ।

  • रातो

रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रङको पहिरन लगाएका हुन्छन् । अधिकांशलाई मन पर्ने रङ हो-रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ। हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ। स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रङ होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ। रातो रङलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ। रातो रङ मन पराउने मानिसहरू महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन्।

  • हरियो

हरियो रङलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ पनि भनिन्छ। हरियो रङ मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन्। यो रङ मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ।

  • पहेंलो

यो रङलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रङ मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन्। होली हिन्दू धर्म अवलम्बीहरूको चाड भएकाले यो रङको विशेष प्रयोग हुन्छ। कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ। यो रङको सम्बन्ध खुसी र हर्षसँग पनि छ। मनोविज्ञहरूका अनुसार यो रङ मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

  • नीलो

नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील बर्णका भगवान बिष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रङलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ। त्यसैले पनि यो रङको प्रयोग बढी हुन्छ। यो रङ मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन्। उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविदहरू बताउँछन् ।

  • कालो

होलीमा कालो रङको पनि व्यापक प्रयोग हुन्छ। यो रङ ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ। यो रङ मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन्। तुरुन्तै रिसाउने खालका हुन्छन्।

  • सेतो

धेरैलाई मन पर्ने रङ हो-सेतो। यो रङलाई शुद्धताको प्रतीक मानिन्छ। कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रङ मन पराउँछन्। चहकिलो सेतो रङलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ।

Facebook Comments