Sun. May 19th, 2024

भारतीय राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, २०७६ फागुण २२ गते बिहीबार

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति निवासमा बिहीबार दिउँसो एक औपचारिक समारोहका बीच उनले प्रमाणपत्र बुझाएका हुन् । क्वात्रा नेपालका लागि २५औं राजदूत हुन् । यसअघि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी थिए ।

२०१९ को डिसेम्बरमा नै पुरी आफ्नो कार्यकाल सम्पन्न गरी भारत फर्किसकेका थिए । अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments