Sun. Apr 26th, 2026

पर्यटन मन्त्री किरातीका अबका योजना   

       

काठमाण्डू, २०७९ फागुन १५ गते सोमबार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयकलगायत १० कामको सूची सार्वजनिक गर्नुभएको छ । पर्यटन मन्त्रालयमा आज पत्रकारसँगको भेटघाटमा उहाँले १० बुँदे कामको सूची सार्वजनिक गर्नुभएको हो ।

राससका अनुसार मन्त्री किरातीले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्नुहुँदै पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीन महिने अभियान, नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुव्र्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताउनुभयो । सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गरिनुका साथै सम्पदा क्षेत्रमा यातायत सञ्चालन गर्ने, ग्राउण्डेड जहाज छानबिन समिति गठन गर्ने उहाँको तयारी छ ।

यस्तै हवाई नागरिक उड्डयन विधेक प्रक्रिया अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने मन्त्री किरातीका योजना छन् । उहाँले यस अगाडि पाँचवटा काम सम्पन्न भएका जानकारी दिनुभयो । नेपाल वायुसेवा निगमको अनलाइन टिकट, सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदनका साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको व्यवस्थापन काम सम्पन्न भएको मन्त्री किरातीले उल्लेख गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार