Sat. May 4th, 2024

नेपाल ट्रष्टको श्वेतपत्र जारी, कुल २१ हजार ५६२ रोपनी जग्गा

काठमाडौं, २०७६ फागुण १३ गते मंगलबार

नेपाल ट्रष्टले अाफ्नाे  स्वामित्वमा हालसम्म देशभर १२ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा रहेको सार्वजनिक गरेको छ ।

यस वर्ष पौषसम्ममा नेपाल ट्रष्टको चल सम्पत्तितर्फ नेपाली रूपैयाँ ७८ करोड नौ लाख ७७ हजार पुगेको छ । यसैगरी अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र बेलायती पाउन्ड स्टर्लिङ ५० हजार १२४ समेत बैंकमा मौज्दात रहेको बताइएको छ ।

यस्तै, शेयरतर्फ नबिल बैंकको सेयर पाँच लाख ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको छहजार ७५० कित्तासमेत नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।

नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्ष रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्टकाे श्वेतपत्र  सार्वजनिक गर्दै साे कुराकाे जानकारी गराउनु भएकाे हाे । गोरखापत्र अनलाईनबाट

Facebook Comments